उदयपुर, २० माघ । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको लागि दबाबमूलक आन्दोलन गर्ने बताएका छन् ।
सोमबार उदयपुरको सदरमुकाम गाईघाटस्थित सिटीहलमा सञ्चालन भएको प्रदेश नम्बर १ स्तरीय समाजवादी पार्टीको दुईदिने कार्यकर्ता प्रशिक्षण सम्पन्न भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताए ।
उनले अब समाजवादी पार्टीले वर्तमान संविधान संशोधनको लागि शान्तिपूर्ण आन्दोलनको अभियान सुरु गर्ने बताए ।
विगतमा सरकारमा रहेको नेकपा र प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले मधेशी, आदिवासी जनजाति तथा महिलाको अधिकारको लागि पूर्ण समावेशी तथा समानुपातिक अधिकारको व्यवस्थापन गर्न संविधान संशोधन गर्ने प्रतिबद्धता गरेपनि पूरा हुन नसकेले शान्तिपूर्ण सङ्घर्षमा जानु परेको उनको भनाइ छ ।
आइतबार शुरु भएको प्रदेश स्तरीय पार्टी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान निर्वाचन प्रणाली ठीक नभएको कारण देशमा व्यापक भ्रष्टाचार बढेको बताए ।
The post संविधान संशोधनका लागि संघर्ष : अध्यक्ष यादव appeared first on Koshi Online.
रत्ननगर महोत्सव: भोली शनिवार ‘एकदुमे’ को विशेष प्रस्तुती रहने