Home Uncategorized पाल्पाका १० स्थानीय तहलाई चार अर्ब रकम

पाल्पाका १० स्थानीय तहलाई चार अर्ब रकम

रामपुर (पाल्पा)। पाल्पाका १० स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि रु चार अर्बभन्दा बढी रकम विनियोजन गरिएको छ । यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको बजेटमा यहाँका पालिकालाई रु चार अर्ब आठ करोड २१ लाख बजेट छुट्टयाइएको छ ।

विनियोजित रकममध्ये समानीकरण अनुदानमा रु एक अर्ब १४ करोड ८३ लाख, सःशर्त अनुदानअन्तर्गत रु दुई अर्ब ७७ करोड १३ लाख, समपूरक अनुदान रु ११ करोड २० लाख र विशेष अनुदान रु पाँच करोड पाँच लाख रकम रहेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका स्थानीय तहलाई अघिल्लो वर्षभन्दा यो वर्ष रु २६ करोड ४६ लाख बढी रकम विनियोजन गरिएको छ । 

रामपुर नगरपालिकालाई जम्मा रु ४९ करोड ८१ लाख विनियोजन भएको छ । सोमध्ये समानीकरण अनुदानमा रु १३ करोड ३७ लाख, सःशर्त अनुदानअन्तर्गत रु ३४ करोड २४ लाख, समपूरक अनुदानमा रु एक करोड ७० लाख र विशेष अनुदानमा रु ५० लाख गरी रकम रहेको छ । 

तानसेन नगरपालिकाका लागि समानीकरण अनुदानमा रु १७ करोड ६१ लाख, सःशर्त अनुदानअन्तर्गत रु ४५ करोड ४२ लाख, समपूरक अनुदान रु तीन करोड र विशेष अनुदानमा रु ५० लाख गरी जम्मा रु ६६ करोड ५३ लाख विनियोजन भएको छ ।

रैनादेवीछहरा गाउँपालिकालाई रु ४५ करोड ६५ लाख विनियोजित रकममध्ये समानीकरण अनुदानमा रु ११ करोड ५५ लाख, सःशर्त अनुदानअन्तर्गत ३२ करोड १० लाख, विशेष अनुदान रु एक करोड २० लाख र समपूरक अनुदान ८० लाख बजेट छुट्टाइएको छ । रिब्दीकोट गाउँपालिकाका लागि समानीकरण अनुदानमा रु नौ करोड ८० लाख, सःशर्त अनुदानअन्तर्गत २४ करोड ९४ लाख र समपूरक अनुदानमा ७० लाख गरी जम्मा रु ३५ करोड ४४ लाख रहेको छ ।

 माथागढी गाउँपालिकामा विनियोजित कूल रु ३८ करोड ६३ लाख रकममध्ये समानीकरण अनुदानमा रु ११ करोड ३३ लाख, सःशर्त अनुदानअन्तर्गत रु २६ करोड ३० लाख र समपूरक अनुदान रु एक करोड रहेको छ । रम्भा गाउँपालिकालाई रु ३४ करोड २५ लाख विनियोजन गरिएकोमध्ये समानीकरण अनुदानमा रु १० करोड ३१ लाख, सःशर्त अनुदान अन्तर्गत २३ करोड चार लाख र समपुरक अनुदानमा रु ९० लाख बजेट विनियोजन गरिएको छ । 

बगनासकाली गाउँपालिकाका लागि रु ३४ करोड ७३ लाख विनियोजन भएको रकममध्ये समानीकरण अनुदानमा रु १० करोड ७० लाख, सःशर्त अनुदानअन्तर्गत रु २२ करोड ९३ लाख, समपुरक रु ७० लाख र विशेष अनुदान रु ४० लाख रहेको छ । पूर्वखोला गाउँपालिकालाई विनियोजित रु ३२ करोड ८८ लाख रकममध्ये समानीकरण अनुदानमा रु नौ करोड ९५ लाख, सःशर्त अनुदानअन्तर्गत रु २० करोड ९३ लाख, समपुरक अनुदान रु ७० लाख र विशेष अनुदानमा रु एक करोड ३० लाख रहेको छ ।

   निस्दी गाउँपालिकामा समानीकरण अनुदानमा रु १० करोड ५९ लाख, सःशर्त अनुदानअन्तर्गत रु २६ करोड ७६ लाख, समपुरक अनुदानमा रु एक करोड ३० लाख र विशेष अनुदानमा रु एक करोड १० लाख गरी जम्मा रु ३९ करोड ७५ लाख विनियोजन भएको छ । तिनाउँ गाउँपालिकालाई विनियोजित रु ३० करोड ५४ लाख रकममध्ये समानीकरण अनुदानमा रु नौ करोड ६२ लाख, सःशर्त अनुदानअन्तर्गत रु २० करोड ४७ लाख र विशेष अनुदानमा ४५ लाख रकम रहेको छ । 

https://ujyaalonepalnews.com/archives/21067

Previous articleपेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले घट्यो
Next articleअभिनेता शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।