पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमको सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रति लिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका सह–प्रवक्ता पुष्कर कार्कीले जानकारी दिनुभयो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५३ रुपैयाँ पर्ने निगमले जनाएको छ । निगमले प्रकाशित गरेको विज्ञप्ति अनुसार खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत् नै रहेको छ ।

https://ujyaalonepalnews.com/archives/21064

Previous articleआत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्न अर्थमन्त्रीको आग्रह
Next articleपाल्पाका १० स्थानीय तहलाई चार अर्ब रकम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।