काठमाडौँ- आज विश्व वातावरण दिवस । संयुक्त राष्ट्र संघले आह्वान गरे बमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो ।
नेपालमा पनि आज कै दिन हरेक वर्ष यो दिवस मनाइन्छ ।
यस वर्ष दिवसका लागि ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ ।
मानिसले गरेका प्राकृतिक स्रोतको अधिक दोहनका कारण प्राकृतिक प्रणालीमा नै असन्तुलन उत्पन्न भएकाले त्यसलाई पुनःस्थापना गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्नुपर्नेमा वातावरणविदहरुले जोड दिदै आएका छन् ।।
https://ujyaalonepalnews.com/archives/21220


