सुखी नेपाली समृद्ध नेपाल बनाउन सरकार कटिबद्ध : गृहमन्त्री थापा

चितवन, १२ फागुन । गृहमन्त्री रामबहादुर थापाले सुखी नेपाली समृद्ध नेपाल बनाउन सरकार कटिबद्ध रहेको बताएका छन् ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र काठमाडौंद्वारा रत्ननगरमा आयोजित ‘व्यापार, विश्लेषण तथा निकासी प्रवद्र्धन’सम्बन्धी तालीमको आज शुभारम्भ गर्दै उनले सुखी नेपाली समृद्ध नेपाल बनाउन सरकारले विकासको गतिलाई तीव्र बनाएको उनले बताए ।

यस्तै निर्यातमुखी अर्थतन्त्र सबल हुनुपर्ने बताए ।

औद्योगिक, व्यापार र अर्थनीतिको विश्लेषण गरेर सुधार गर्नुपर्नेमा उनको जोड थियो ।

गृहमन्त्री थापाले उत्पादन बढाइ निर्यातमा वृद्धि गर्न आग्रह गर्दै आन्तरिक सुरक्षा व्यवस्था सबल बनाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए ।

उनले भने, ‘सुरक्षाकर्मीको मनोवल उच्च बनाउन गृह मन्त्रालयले काम गरिरहेको छ ।

प्रहरी चौकी निर्माण र पुनः निर्माणको काम भइरहेको छ ।’

गृहमन्त्री थापाले राजमार्गमा राखिएकासडक बोर्डको दस्तुर सङ्कलन केन्द्रले समस्या बनाएको हुँदा ती केन्द्रलाई जिल्लाको सीमा क्षेत्रमा रहेको शून्य बिन्दुमा सार्ने प्रक्रिया अघि बढाइएको बताए । उनले भने, ‘तपाईहरुलाई समस्या बनाएको गोन्द्राङको ढाँट सर्छ ।’

पाँचदिने सो तालीमको उद्योग वाणिज्य सङ्घ रत्ननगरले सहजीकरण गरेको हो ।

सङ्घका अध्यक्ष राजाराम रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणालगायतले तालिमको महत्वमाथि चर्चा गरेका थिए । रासस

The post सुखी नेपाली समृद्ध नेपाल बनाउन सरकार कटिबद्ध : गृहमन्त्री थापा appeared first on Koshi Online.

अरियो र बिभत्सु छनोट

Previous articleकोरोनाभाइरसः १५ देशले दक्षिण कोरियामा लगायो भ्रमण प्रतिबन्ध
Next articleओली र दाहालबीच बालुवाटारमा भेट, बाँस्कोटा र एमसीसीको विषयमा छलफल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।