झापाका १५ पालिकालाई सङ्घीय सरकारको ७ अर्ब ३१ करोड बजेट

भद्रपुर, झापा ।  सङ्घीय सरकारमार्फत झापाका १५ पालिकालाई सात अर्ब ३१ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

सङ्घीय सरकारको आर्थिक वर्ष २०७९÷८० विनियोजित बजेटबाट जिल्लाका आठ नगरपालिकालाई रु चार अर्ब ९६ करोड चार लाख र सात गाउँपालिकालाई दुई अर्ब ६२ करोड ८२ लाख रकम विनियोजन भएको हो ।

सबैभन्दा बढी रकम मेचीनगर नगरपालिकालाई प्राप्त भएको छ । भूगोल र जनसङ्ख्याका आधारमा सबैभन्दा ठूलो र पूर्वी भारतसँग सीमा जोडिएको मेचीनगरका लागि सबैभन्दा बढी रु. ८३ करोड ५८ लाख बजेट विनियोजन भएको छ । नगरपालिकामध्ये कनकाई नगरपालिकालाई सबैभन्दा थोरै ३५ करोड ७६ लाख रुपैयाँ विनियोजन भएको छ ।

अर्जुनधारा नगरपालिकालाई रु ४९ करोड ४२ लाख, गौरादहलाई रु ५० करोड ९७ लाख, दमकलाई रु ७१ करोड ५१ लाख, बिर्तामोडलाई रु. ७० करोड ७९ लाख, भद्रपुरलाई रु. ४९ करोड ८७ लाख र शिवसताक्षी नगरपालिकालाई रु ५७ करोड १४ लाख विनियोजन भएको छ ।

गाउँपालिकामध्ये सबैभन्दा बढी रकम कमल गाउँपालिकालाई परेको छ । कमललाई रु ४७ करोड २४ लाख विनियोजन भएको छ भने कचनकवलका लागि रु ३८ करोड ३६ लाख, हल्दिबारीका लागि रु ३० करोड ९९ लाख, गौरीगञ्जका लागि रु ३२ करोड ६९ लाख, झापाका लागि रु ३७ करोड छ लाख, बाह्रदशीका लागि रु ३७ करोड ३३ लाख र बुद्धशान्ती गाउँपालिकाका लागि रु ३९ करोड १५ लाख रकम विनियोजन भएको छ ।

https://ujyaalonepalnews.com/archives/21268

Previous articleकोभिडले सौराहाका दक्ष जनशक्ति पलायन
Next article‘लुम्बिनी प्रदेशको बजेट ३७ अर्बभन्दा माथिको नबनाइने’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।