बारा । बारामा तीन अर्बको लगानीमा सवारी साधन एसेम्बल उद्योग खुल्ने भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–११ मा एलपी ग्याँस तथा पेट्रोलियम व्यवसायी शिव घिमिरेले तीन अर्ब लगानीमा सवारी साधन एसेम्बल उद्योग खोल्न लाग्नुभएको हो ।


हाल तारो र मोटर हेड ब्रान्डका मोटरसाइकल बिक्री गरिरहनुभएका घिमिरेले देशभित्रै दुई पाङ्ग्रेदेखि ६ पाङ्ग्रेसम्मका विद्युतीय र पेट्रोलियम गाडी एसेम्बल गर्ने उद्योग खोल्न लाग्नुभएको हो । प्लान्ट स्थापना गर्ने गरी यही जेठ १७ गते एसजी अटोक्राफ्ट प्रालि उद्योग विभागमा दर्ता भएको छ ।
आफ्नै ३२ बिघा जग्गामा गाडी एसेम्बल देखि अन्य उद्योगहरू सञ्चालनमा ल्याउने घिमिरेको तयारी छ । एसेम्बल उद्योगमा लगानीकर्ता भित्र्याएर निकट भविष्यमै प्लान्ट निर्माण गर्ने योजना रहेको घिमिरेले बताउनुभयो ।
उद्योग सञ्चालनमा आउँदा करिब ५ सय जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।
https://ujyaalonepalnews.com/archives/21311


