चितवनमा दुर्घटनाको शृंखला: यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते

चितवन, जेठ २६ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं–६ हर्दीमा यात्रुबाहक बस दुर्घटना भएको छ ।

नारायणगढबाट वीरगञ्जतर्फ जादै गरेको ना ७ ख ६०५७ नम्बरको बस बिहीबार  दुर्घटना भएको हो । बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा भरतपुर–१८, गुञ्जनगरका ४५ वर्षीय भरत ढकाल, भरतपुर–२६ का ५६ वर्षीय दिलबहादुर विक, ६४ वर्षीया रेवारे विकको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मकवानपुरको हेटौँडा उपमहानगर–१७ का ३३ वर्षीया मञ्जु सिलवाल, बाराको कलैया–१६ का ३१ वर्षीय मनोज गिरी, भारत रक्सौलका ७० वर्षीय भोलन गिरी, ४५ वर्षीय उगम पटेल, बारा, कलैयाका २२ वर्षीय निरञ्जन पासवान, रौतहटको कडरिया–२ का ३० वर्षीय सुरेश दास र १० वर्षीय आशकुमार यादवको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस अघि हिजो बुधवार रत्ननगरमा जन्ती बस दुर्घटना हुँदा १७ जना घाईते भएका थिए भने गएराती नै रत्ननगर मै ट्रकमा भारतीय स्कार्पियो ठोक्किंदा ५ जना घाइते भएका थिए।

https://ujyaalonepalnews.com/archives/21398

Previous articleविपद् कोषको रकम खर्च हुँदैन, पीडितले राहत पाउँदैनन्
Next articleप्राधिकरणले आज २८४ मेगावाट बिजुली भारत निर्यात गर्दै 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।