जिप दुर्घटना हुँदा दुईको मृत्यु

जाजरकोट- जिल्लाको जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य नौ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको छ भने चार जनाको अवस्था समान्य रहेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिनुभयो ।

सुर्खेतबाट जुनीचाँदे केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१च०३४१ नंको जिप वडा नं ५ को गर्खाकोट (वेलपुइना) भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिपमा ११ जना सवार रहेका थिए ।

घाइतेहरूको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको प्रवक्ता नेपालीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले उद्धारका लागि गाडी पठाइसकिएको र आधा घण्टापछि हेलिकोप्टरसमेत घटनास्थलमा पुग्ने बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/21441

Previous articleहत्या, हिंसा र बलात्कारका घटनामा सरकारको ध्यानाकर्षण
Next articleत्रिविमा छानविन समिति गठन गर्न नेविसङ्घको माग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।