लुम्बिनीको विश्व शान्ति दीप अगाडि कृषि विकास बैङ्कको एटिएम 

भैरहवा । कृषि विकास बैङ्क लुम्बिनी शाखाले लुम्बिनी विकास कोष भित्र रहेको विश्व शान्ति दीप अगाडि एटिएम सेवा सञ्चालनमा ल्याएको छ । एटिएम सेवाले ग्राहकलाई सहजता प्रदान गर्ने उद्देश्यसहित उक्त सेवा सञ्चालनमा ल्याइएको बैङ्कले जनाएको छ ।

एटिएम सेवाको एक कार्यक्रमकाबीच लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय), कृषि विकास बैङ्क सञ्चालक समितिका अध्यक्ष रमेश कुमार के.सी., बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उद्घाटन गर्नुभएको हो ।

‘सम्पूर्ण बैङ्किङ सुविधासहितको तपाईँ हाम्रो घर आँगनको बैङ्क’ नारासहित कृषि विकास बैङ्कले ग्राहकलाई विभिन्न सेवा प्रदान गर्दै आएको छ ।

https://ujyaalonepalnews.com/archives/17937

Previous articleमौरी व्यवसायबाट वार्षिक १८ लाख आम्दानी
Next articleडडेलधुरामा जनसहभागितामा सञ्चालन हुँदै भटमास उद्योग 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।