पक्राउ परेका चिनियाँ नागरिक फिर्ता गर्दा कम्युनिस्ट सरकारलाई आपत, आज सर्वोच्चमा सुनुवाई

काठमाडौं– पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई बिना कारबाही चीन फिर्ता गरिएपछि केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार विरुद्ध सर्वोच्चमा मुद्धा परेको छ । अधिवक्ता हरिचन्द्र तिमल्सेनाले बिना अभियोग चिनियाँ नागरिकलाई पक्राउ गरी चीन फिर्ता गरेको भन्दै सरकार विरुद्ध सर्वोच्चमा मुद्दा हालेका हुन् । पक्राउ परेका चिनियाँ नागरिकमाथि कुनै अभियोग नलगाइएको तिमल्सेनाले बताए ।

नेपाल र चीनबीच सुपुदर्ग सन्धी नभएको अवस्थामा यसरी पक्राउ परेकाहरुलाई फिर्ता गर्न नमिल्ने तिमल्सेनाको भनाइ छ । बताउँछन् । नेपाल र चीनबीच गत अशोज २६ गते फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सन्धी भएकाले त्यसैको आधारमा पक्राउ परेकाहरुलाई फिर्ता गरिएको हुनसक्ने उनको आशंका छ । उनले हालेको मुद्धाको सुनुवाई आज हुँदैछ । ।

नेपालबाट जाने हवाईयात्रुलाई पनि भारतीय विमानस्थलमा कोरोना जाँच

Previous articleअवकास पाउन एक साता बाँकी रहँदा आइजिपीको दौड धुप, कार्यकाल लम्बाउन ओली–प्रचण्डको ढोका चाहार्दै
Next articleनेकपामा वामदेव गौतम वामदेव गौतम शक्तिशाली हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।