Home Uncategorized ‘नेपाल र बङ्गलादेशबिच २० वस्तुमा व्यापार सम्झौता गरिने’

‘नेपाल र बङ्गलादेशबिच २० वस्तुमा व्यापार सम्झौता गरिने’

झापा । नेपालका लागि बङ्गलादेशका राजदूत महामहिम सालाउदिन नोमन चौधरी नेपाल–बङ्गलादेशबिच निकट भविष्यमा २० वस्तुमा व्यापार सम्झौता गरिने बताउनुभएको छ ।

नेपाल–बङ्गलादेश च्याम्बर अफ ट्रेडर्सको निमन्त्रणामा बिहीबार झापा आउनुभएका राजदूत चौधरीले मेची भन्सार कार्यालयको सभा हलमा आयोजना गरिएको कार्यक्रममा २–३ महिनाभित्र २० वटा वस्तुहरू बङ्गलादेश निर्यात गर्न सहज हुने गरी हस्ताक्षर गरिने बताउनुभयो । तर, ती २० वटा वस्तु के–के हुन् ? भन्ने बारेमा भने उहाँले केही खुलाउनुभएन ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नेपाल, भारत र बङ्गलादेशबिच व्यापार र पर्यटन प्रवद्र्धनका लागि सहकार्य गरेर अघि बढ्ने गरी छलफल भएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल–बङ्गलादेश फ्रेन्डसीप सोसाइटीका अध्यक्ष डा. खालिद हुसेन, मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओली, मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला लगायतको सहभागिता थियो ।

https://ujyaalonepalnews.com/archives/21447

Previous articleसल्यानमा ४० उम्मेदवारले मात्र बुझाए निर्वाचन खर्च विवरण 
Next articleस्वदेशमै  दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।