काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी १६ औँ पञ्चवर्षीय योजनाको प्रारम्भिक तयारी सुरु गरेको छ ।
आयोगको शुक्रवार बसेको बैठकले आगामी १६ औ योजनाको तयारी सम्बन्धी समय सीमा सहितको कार्ययोजनालाई पारित गरेको छ ।
बैठकले १६ औ पञ्चवर्षीय योजनाको संक्षिप्त अवधारणा तयार पारी कार्त्तिक सम्ममा प्रधानमन्त्रीबाट स्वीकृत गराउने गरी काम अघि बढेको योजना आयोगका सदस्य डा.रामकुमार फुयाँलले जानकारी दिनुभयो ।
योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा बसेको बैठकले यस बर्ष तयारीका सबै काम सम्पन्न गरी आगामी आर्थिक वर्षदेखि १६ औ योजनाको तर्जुमाको काम सुरु गर्ने निर्णय समेत गरेको छ ।
त्यसैगरी बैठकले चालु १५ औँ योजनाको मध्यावधि समीक्षा हाल जारी रहेकोले आगामी असार मसान्तसम्ममा नतिजा प्रकाशित गर्ने निर्णय समेत गरेको योजना आयोगले जनाएको छ ।
चालु १५ औँ पञ्चवर्षीय योजना आर्थिक बर्ष २०७६/२०७७ बाट सुरु भई आगामी आर्थिक २०८०/०८१ मा सम्पन्न हुनेछ । नयाँ १६ औँ योजना आर्थिक बर्ष २०८१ /०८२ देखि सुरु गर्ने गरी योजना आयोगले तर्जुमाको प्रारम्भिक काम सुरु गरेको हो ।
https://ujyaalonepalnews.com/archives/21475


