मेची भन्सारको वार्षिक लक्ष्य ११ महिनामै पूरा

झापा । झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको लक्ष्य ११ महिनामै पूरा गरेको छ ।

मेची भन्सार कार्यालयले वार्षिक लक्ष्य यही जेठ महिनाको अन्तिमसम्ममा पूरा गर्ने भन्सार प्रमुख केशवराज ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जेठ महिनाको २६ गतेसम्ममा १५ अर्ब ६२ करोड ९८ लाख रुपैयाँ राजस्व सङ्कलन भइसकेको छ । यो लक्ष्यको ९९.२१ प्रतिशत हो भने जेठ मसान्तसम्ममा लक्ष्य पूरा हुने ओलीले बताउनुभयो । भन्सार विभागले मेची भन्सारलाई चालु आर्थिक वर्षको असार मसान्त सम्ममा १५ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ राजस्व उठाउन लक्ष्य दिएको थियो ।

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुनुमा मुख्य योगदान पेट्रोलियम पदार्थको रहेको छ । राजश्वको ६२ प्रतिशतभन्दा बढी हिस्सा पेट्रोलियम पदार्थको पेट्रोलियम पदार्थको आयातले ओगटेको कार्यालयले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/21474

Previous articleचालु आवको १० महिनामा मुद्रास्फीति ७.८७ प्रतिशत पुग्यो
Next article१६ औँ योजना तर्जुमा सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।