कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुनः कुँवर निर्वाचित 

धनगढी  । कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुनः पुष्पराज कुँवर निर्वाचित हुनुभएको छ । 

अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित कुँवरले ६७८ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी सुरेन्द्र राठीले ३५५ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी, सङ्घको वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उपाध्यक्ष (उद्योग) मा दिनेश लम्साल, उपाध्यक्ष (एशोसियट) मा मनोज अग्रवाल, उपाध्यक्ष (बस्तुगत)मा लक्ष्मणराज पन्त निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै,  महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भिमराज ओझा र सचिवमा सुरेश पाण्डेय निर्वाचित हुनुभएको छ । सङ्घको पदाधिकारीमा निर्वाचित सबै कुँवर प्यानलकै  हुनुहुन्छ । साथै कार्य समिति सदस्यमा १७ जना निर्वाचित हुनुभएको छ । 

सङ्घको नयाँ नेतृत्व चयनका लागि शनिवार धनगढीमा भएको मतदानमा १ हजार ९१ मत खसेको थियो ।

https://ujyaalonepalnews.com/archives/21492

Previous articleलेखनाथ सबस्टेसनबाट  पोखरासम्म बिजुलीको तार भूमिगत गरिने 
Next articleमन्त्री श्रेष्ठको नेतृत्वमा श्रम मन्त्रालयमा पहिलो पटक पाँच वर्षे रणनीतिक योजना तयार 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।