ओखलढुंगा- ओखलढुंगाका विभिन्न क्षेत्रमा गरिएको प्याराग्लाइडिङ उडान परीक्षणमै सीमित भएको छ । जिल्लामा रहेका पर्यटकीयस्थलहरुमा प्याराग्लाइडिङ सफल परीक्षण भए पनि त्यसलाई व्यवसायिक निरन्तरता दिन सकिएको छैन ।

जिल्लाको ३ हजार ३ सय ५० मिटर अग्लो नेपालको सय पर्यटकीय गन्तव्य सूचिमा सूचिकृत देम्बाडाँडामा, सिद्धिचरण नगरपालिकाको थामडाँडा तथा देउरालीडाँडा र चम्पादेवी गाउँपालिकाको मन्टुडाँडा, जागिरेडाँडा, भाँगेडाँडालगायतका स्थानबाट प्याराग्लाइडिङ सफल परीक्षण भएको थियो ।

यी क्षेत्रमा प्याराग्लाइडिङको व्यवसायिक सम्भावना समेत देखिएको छ । स्थानीय सरकारले चासो नदिँदा लगानी गर्ने रहर हुँदाहुँदै पनि प्याराग्लाइडिङलाई व्यवसायिकता दिन समस्या भएको स्थानीयको भनाइ छ ।

प्याराग्लाइडिङले पर्यटक आकर्षित गर्न र जिल्लामा रहेका पर्यटकीय क्षेत्रको प्रबर्द्धन गर्न सकिने अवस्था छ ।-




https://ujyaalonepalnews.com/archives/21528


