बाजुङ-क्याङ नागी सडक कालोपत्रे हुँदै

पर्वत । पर्वतको मोदी गाउँपालिका ५ बाजुङको पातिचौर बजारदेखि बाजुङ हुँदै क्याङ नागी जोड्ने सडक कालोपत्रेको काम यसै वर्षदेखि हुने भएको छ ।

२ वर्ष अघि निर्णय भएको सडकको कालोपत्रेको काम ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपि) कार्यक्रम मार्फत प्रक्रिया सुरु भएको हो ।

सडक कालोपत्रेका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन भएको छ । प्रदेश सरकार मार्फत सडक आयोजनाले कालोपत्रे गर्ने गरी बजेट विनियोजन गरिएको छ ।

ग्रामीण पूर्वाधार विभाग मार्फत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको कार्यालय मार्फत उक्त सडकको कालोपत्रेको लागि प्रारम्भिक वातावरणीय परीक्षणको काम केही महिना अघि सम्पन्न भएको थियो । आगामी आर्थिक वर्षमा टेण्डर आव्हान भई सडक कालोपत्रेको चरणमा जाने सङ्घीय सांसद पदम गिरीले जानकारी दिनुभयो ।

यस बाहेक मिलन चोक लेक फाँट साजिला नागी सडकको पनि निर्माण कार्यको चरण अघि बढेको छ । डिपिआर कार्य सकिएको उक्त सडकको प्रारम्भिक वातावरणीय परिक्षण लगतै ठेक्का प्रक्रियामा जाने आयोजनाले जनाएको छ ।

जिल्लाका अन्य ७ वटा सडकहरूसँगै यो सडक पनि निर्माणको लागि कार्यक्रममा निर्णय भएको हो । यसरी पर्वतका विभिन्न सडकहरू कालोपत्रेको प्रक्रियामा गएका छन् ।

https://ujyaalonepalnews.com/archives/21550

Previous articleविद्युत् सर्ट भएर आगलागी हुँदा दोलखामा एकजनाको मृत्यु
Next articleसातामा छ दिन नै शेयर कारोबार हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।