काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बजार सहभागीहरूको माग अनुसार सातामा छ दिन नै शेयर कारोबार गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको नेप्से सञ्चालक समिति बैठकले सातामा ६ दिन नै कारोबार गर्ने निर्णय गरेको हो ।
नेप्सेले आउने असारबाट सातामा ६ दिन शेयर कारोबार गर्नेछ तर शुक्रवारको हकमा भने एक बजेसम्म मात्रै शेयर कारोबार गर्ने निर्णय भएको नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बताउनुभयो ।
नेप्सेले शुक्रवारको हकमा ११ बजेदेखि एक बजेसम्म मात्रै कारोबार खोल्ने निर्णय गरेको छ ।
सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे लगत्तै नेप्सेले शुक्रवार समेत कारोबार गराउँदै आएको थियो । सरकारले पुनः आइतबारको बिदा दिने निर्णयलाई खारेज गरेपछि नेप्सेले आइतबारको कारोबारलाई नियमित गर्दै शुक्रवारको कारोबारलाई भने आधा मात्रै सञ्चालन गर्ने निर्णय गरेको हो ।
https://ujyaalonepalnews.com/archives/21552


