हवाई क्षेत्रलाई सुरक्षित, विश्वसनीय र भरपर्दो बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री आले

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले कोरोना भाइरसको सङ्क्रमणमा कमी आएसँगै नेपालको पर्यटन क्षेत्रपनि  आशालाग्दो देखिएको बताउनुभएको छ ।

उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आएसँगै पर्यटकको आवतजावतमा थप सहज भएको र यसबाट नेपालको पर्यटन प्रवद्र्धनमा थप मद्दत पुग्ने बताउनुभयो ।

मन्त्री आलेले हवाई क्षेत्रलाई सुरक्षित, विश्वसनीय र भरपर्दो बनाउन मन्त्रालय प्रतिबद्ध रहेको भन्दै त्यसका लागि आवश्यक कानुन, कार्यविधि र संस्थागत पुनर्संरचनाको कार्य सुरु गरिएको बताउनुभयो ।

सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री आलेले  भूकम्प प्रभावित ९ सय २० वटा सम्पदामध्ये हालसम्म ५ सय ८३ वटा सम्पन्न भइसकेको र चालु आर्थिक वर्षमा ७ सय वटा सम्पन्न भइसक्ने भन्दै सम्पन्न हुन बाँकी सबै सम्पदाको काम आगामी दुई वर्षभित्रमा सकिने गरी अगाडि बढाइएको पनि जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/21616

Previous articleऐतिहासिक पनौती जात्रा सम्पन्न
Next articleआइसिपी भन्सार वीरगन्जमा १४ सय बढी हेभी सवारी साधन थन्किए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।