नारायणगढमा यूवा उद्यमशिलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

0
68

भरतपुर ३ असार- उद्योग वाणिज्य संघ–चितवनको तालिम कक्षमा आज युवा उद्यमशिलता विकास र यसका सम्भावना बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यूवाहरुलाई कसरी उद्यमी व्यवसायी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भई अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

उद्योग वाणिज्य संघ–चितवनको पदाधिकारी एवं कार्यसमिति र नेपाली युवा उद्यमी मञ्च (ल्थ्भ्ँ चितवनका नवनिर्वाचित कार्यसमिति विच भएको अन्तरक्रिया कार्यक्रममा विदेश पलायन हुन लागेका यूवाहरुलाई उद्यमी बनाउदै स्वदेशमै रोजगारी सृजना गर्ने भन्ने बिषयमा छलफल गरिएको हो ।

कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले ल्थ्भ्ँ चितवनका नवनिर्वाचित कार्यसमितिलाई बदाई तथा सफल कार्यकालको शुभकामना दिनुहुदै अहिले नेपाली यूवाहरु विदेश पलायन हुनेको संख्या बढ्दै गईरहेकोले यसले भविश्यमा देशमा आर्थिक समस्या हुन सक्ने र यसलाई न्यूनिकरण गर्ने दायित्व राज्यको मात्र नभएर आम नेपाली नागरीकको समेत भएको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले अहिलेको यूवा पिढीलाई व्यवसायमा लाग्न उत्प्रेरीत बनाउने खालको नीति राज्यले ल्याउनु पर्ने बताउनु भयो ।
सोही कार्यक्रममा वोल्दै ल्थ्भ्ँ चितवनका अध्यक्ष सुर्यभक्त अधिकारीले उद्योग वाणिज्य संघ–चितवन हाम्रो अभिभावक संस्था भएकोले यस संस्थाका गरेका हरेक गतिविधीहरुमा समावेश गर्नुहुन अनुरोध गर्दै, यूवाहरुलाई नेपालमै उद्यमी बनाउनका लागि मेड इन नेपाल प्रोजेक्ट सञ्चालन गर्दै आईरहेको समेत जानकारी दिनुभयो ।

अध्यक्ष अधिकारीले संस्थाको उद्देश्य यूवाहरुलाई उद्यमशिलतामा आकर्षित गराउने रहेको समेत बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष त्रय चिरञ्जिवि सुवेदी, राजेन्द्र ओली र सिरिष पन्तले उद्यमशिलता बिषयमा आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष त्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, सिरिष पन्त, संघका कार्यसमिति सदस्य, कार्यकारी निर्देशक निलबहादुर के.सी, एवं ल्थ्भ्ँ चितवनका नवनिर्वाचित कार्यसमिति पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रमले निकट भविष्यमा संघ र युवाउद्यमी मञ्चको सहकार्यमा युवा लक्षित कार्यक्रम आयोजना गर्ने सहमति भएको छ ।

https://www.ujyaalonepalnews.com/archives/21736

Previous articleजलवायु अनुकूलनका कार्यक्रम बजेटमा समेट्न आग्रह 
Next articleदीर्घकालीन योजना एवं भू उपयोग नीति बनाउन जोड