काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आमरण अनसनरत लगानीकर्ता तिलक कोइरालालाई अनशन फिर्ता लिन आग्रह गरेको छ ।

बोर्डद्वारा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आमरण अनशनरत पक्षले अघि सारेका १९ बुँदे मागमध्ये अधिकांश माग कार्यान्वयनको क्रममा रहेको भन्दै अनशन फिर्ता लिन आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा अध्यक्ष हमालले सोमवार अनशनरत पक्षसँगको कुराकानीको क्रममा उहाँहरूले माग पुरा गर्न वार्ता समिति गठन नगर्न भनेकोले त्यसो नगरी मागहरूको कार्यान्वयनलाई समयबद्ध रुपमा अघि बढाउन बोर्डले तीव्रताका साथ काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पुँजी बजारका समस्या समाधानका लागि विभिन्न १९ बुँदे. माग राख्दै लगानीकर्ता तिलक कोइरालाले नेपाल धितोपत्र बोर्डको कार्यालय अघि आमरण अनशन गर्दै आउनुभएको छ ।
अनशनका सम्बन्धमा मङ्गलवार प्रतिनिधि सभामा पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
https://ujyaalonepalnews.com/archives/21872


