बीमा कम्पनीहरूलाई गाभ्ने, गाभिने प्रक्रिया अघि बढाउन आग्रह

काठमाडौँ । बीमा समितिले सर्वसाधारणमा सेयर जारी नगरेका बीमा कम्पनीहरूलाई मर्जरमा जान आग्रह गर्दै गाभ्ने, गाभिने प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

समितिले कम्पनीहरूलाई गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी थप व्यवस्था सहित असार ६ गते परिपत्र जारी गर्दै त्यस्तो आग्रह गरेको हो ।

परिपत्रमा समितिले सर्वसाधारणमा सेयर जारी गरिसकेका वा गरिनसकेका इजाजत पत्र प्राप्त बीमकहरु एक आपसमा मर्जरमा जान मिल्ने व्यवस्था गरेको छ ।

मर्जरमा गएका बीमा कम्पनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री वितरण नभएको अवस्थामा त्यस्तो नपुग अंश सर्वसाधारणमा जारी गर्ने व्यवस्था सम्बन्धित बीमा कम्पनीले गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

त्यस्तै बीमा समितिबाट तोकेको बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात पुगेका वा नपुगेका कम्पनीहरू मर्जरका योग्य हुनेछन् । तर, उक्त कम्पनीहरू मर्जरमा गएपछि बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात तोकिए बमोजिम कायम गर्नुपर्ने व्यवस्था परिपत्रमा उल्लेख छ ।

https://ujyaalonepalnews.com/archives/21932

Previous articleसपना भिलेजद्धारा चेपाङलाई अम्रिसोको विरुवा वितरण 
Next articleइम्बोस्ड नम्बर प्लेट जडानको गति बढाइने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।