सेती नदीको पुलमा बाढीले क्षति पुर्‍याउँदा आवतजावतमा समस्या

कास्की- पोखरा महानगरपालिका मर्दिदोभानको सेती नदी माथी निर्माण भएको पक्की पुलको पिलर भाँसिएको छ ।

अबिरल बर्षापछि सेती नदिमा आएको बाढीले कास्कीको पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा र वडानं. १९ पुरनचौर जोड्ने गरी पक्की पुलमा क्षति पुगेको हो ।

पुलको उत्तरतर्फको जमिन सेती नदिले कटान गरेपछि पिलर भाँसिएर तल झरेका कारण पुल समेत तल भर्ने अबस्थामा पुगेको छ ।

२०७१ सालमा करिब ६ करोड रुपैयाँको लागतमा निर्माण गरिएको सो पुलको पिलर भाँसिएर पुल कोल्टो परेपछि यातायातका साधन तथा पैदलयात्रीहरुलाई आवतजावत पुर्णरुपमा बन्द गरिएको छ ।

पुल निर्माण भएको ५ सय मिटर तल-माथीबाट नदिजन्य बस्तु निकाल्न नपाउने नियम भएपनि उक्त पुलको नजिकैबाट गिट्टी बालुवा जस्ता नदिजन्य बस्तु निकाल्दा जमिन गहिरो हुँदै जाँदा पुलको पिलर भाँसिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।-

https://ujyaalonepalnews.com/archives/21942

Previous articleकास्कीको धम्पुस केन्द्र भएर भूकम्प
Next articleसडक निर्माण लक्ष्यअघिनै सकियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।