
मकवानपुर । आगामी आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने गरी आव्हान गरिएको हेटौँडा उपमहानगरपालिकाको नगर सभाको बैठक सुरु हुन सकेको छैन ।
आज बिहान १०ः०० बजेका लागि बोलाइएको बैठक दिउँसो १२ः०० बजेसम्म सुरु हुन नसकेको हो ।
नेकपा एमालेबाट निर्वाचित नगर सभा सदस्यहरू बैठकमा सहभागी नभएकाले बैठक सुरु हुन नसकेको हो ।
विधि र प्रक्रियाअनुसार नीति, कार्यक्रम तथा बजेट तयार हुन नसकेको भन्दै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यले नीति तथा कार्यक्रम र बजेट नगरसभामा प्रस्तुत गर्ने निर्णय गर्ने कार्यपालिका बैठक नै बहिष्कार गरेका थिए ।
नगर सभा सञ्चालन गर्न जिल्ला स्तरीय नेताबीच वार्ता समेत भइरहेको छ ।
https://ujyaalonepalnews.com/archives/21991


