एकीकृत कृषि विकास कार्यक्रमदेखि एक बच्चा जन्मिए दुई बिरुवा रोपणसम्म 

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले कृषि क्षेत्रको उत्पादनको आधारमा अनुदान दिने भएको छ । 

तरकारी खेती, पशुपक्षी पालन तथा बागवानीको समग्र विकासका लागि उत्पादनका आधारमा अनुदान दिने नीति गाउँपालिकाले ल्याएको हो । 

गाउँपालिकाको ११ औँ गाउँ सभामा  आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

एकीकृत कृषि विकास कार्यक्रम सञ्चालनदेखि हरेक किसानलाई समूह तथा सहकारीमा आबद्ध गरी कृषि उत्पादनका आधारमा अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।  

पालिकाले अर्ग्यानिक तरकारी खेतीका लागि पनि अनुदान दिने नीति ल्याएको छ । व्यावसायिक कृषि विषयलाई समेटेर स्थानीय पाठ्यक्रम समेत निर्माण गरिने उल्लेख गरिएको छ ।

यस्तै, छत्रेश्वरी गाउँपालिकाले एक बच्चा जन्मँदा २ बिरुवा रोप्ने नीति ल्याएको छ । वन वातावरण संरक्षण गर्न पालिका भित्र एक बच्चा जन्मिए दुई बिरुवा रोप्नुपर्ने नीति ल्याएको छ । 

शिक्षालाई प्रविधिसँग जोड्न एक शिक्षक एक ल्यापटपको अवधारणा अनुसार ५ वर्षभित्र गाउँपालिका सबै शिक्षकलाई ल्यापटप कम्प्युटर वितरण गरिने र बालबालिकासँग अध्यक्ष कार्यक्रममार्फत शैक्षिक सुधारका कार्यक्रम पनि समेटिएको छ  । 

https://ujyaalonepalnews.com/archives/21993

Previous articleहेटौँडा उपमहानगरपालिकाको नगर सभा सुरु हुन सकेन
Next articleतल्लो मनाङका किसानलाई खेती भित्र्याउने चटारो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।