थाहा नगरपालिकाको बजेट १ अर्ब ८ करोड ८४ लाख ७ हजार (पूर्ण पाठसहित)

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । 

आज आयोजित १९औँ नगरसभामा थाहा नगरपालिकाका उपमेयर भरत गोपालीले आगामी आर्थिक वर्षका लागि कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै १ अर्ब ८ करोड ८४ लाख ७ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

उपमेयर गोपालीले आर्थिक वर्ष २०७९/०८० का लागि आन्तरिक स्रोत १९ करोड ७९ लाख ५ हजार, राजश्व बाँडफाँड १९ करोड ६८ लाख ८० हजार, सङ्घीय सरकारबाट प्राप्त १७ करोड १६ लाख, प्रदेश सरकारबाट प्राप्त ५ करोड ५ लाख ८२ हजार, सशर्त अनुदान ३२ करोड १४ लाख ४० हजार र सामाजिक सुरक्षा १५ करोडको बजेट बाँडफाँडसहित बजेट पेश गर्नुभएको थियो । 

पेश गरेको बजेट मध्ये चालु खर्चतर्फ ९ करोड ९७ लाख ५४ हजार, पुँजीगततर्फ ५१ करोड ७२ लाख १३ हजार, सशर्त तर्फ ३२ करोड १४ लाख ४० हजार, सामाजिक सुरक्षा तर्फ १५ करोड खर्च हुने अनुमान रहेको छ । 

उपमेयर गोपालीले पेश गर्नुभएको उक्त नीति, कार्यक्रम तथा बजेट आजकै नगर सभाले सामान्य छलफल गरेर पारित समेत गरेको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिनुभयो । 

हेर्नुहोस् पूर्णपाठ 

https://ujyaalonepalnews.com/archives/21997

Previous articleतल्लो मनाङका किसानलाई खेती भित्र्याउने चटारो
Next articleहेटौँडाको नगर सभा आइतबार सम्मको लाग स्थगित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।