हेटौँडाको नगर सभा आइतबार सम्मको लाग स्थगित

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको नगर सभा आगामी आइतबार सम्मका लागि स्थगित भएको छ । 

शुक्रवारका लागि आव्हान भएको ११औँ नगरसभामा आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि मेयर मीना कुमारी लामाले आइतबार १ बजे सम्मका लागि बैठक स्थगित गर्नुभएको हो । 

आज बिहान १० बजेका लागि आव्हान गरिएको नगर सभा नेकपा एमालेबाट निर्वाचित नगर सभा सदस्यहरूले उपस्थिति नजनाएपछि बैठक बस्न नसकेको हो । 

९७ जना सदस्य रहेको नगर सभामा शुक्रवार ४० जनाले मात्रै उपस्थिति जनाएका थिए । गणपूरक सङ्ख्याको अभावमा बैठक बस्न नसकेको जानकारी गराउनुहुँदै नगर प्रमुख मीना कुमारी लामाले अर्को बैठक असार १२ गते बस्ने जानकारी गराउनुभयो । 

नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट विधिअनुसार तयार नपारिएको भन्दै विरोध जनाउँदै आएका छन् । नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यको असहमतिका बीच नगर कार्यपालिकाको अल्पमतबाटै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट नगर सभामा पेश गर्ने निर्णय गरिएको थियो । 

हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने गरी करिब २ अर्ब ७१ करोड ७९ लाख बराबरको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । 

यता बहुमत सदस्य रहेको एमाले संसदीय दलले नगर सभाका विषयमा जानकारी दिन ३ बजे एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने जनाएको छ । 

https://ujyaalonepalnews.com/archives/21998

Previous articleथाहा नगरपालिकाको बजेट १ अर्ब ८ करोड ८४ लाख ७ हजार (पूर्ण पाठसहित)
Next articleभोजपुर नगरपालिकाको आगामी वर्षको बजेट ६२ करोडभन्दा बढी 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।