सङ्घर्ष समिति र धितोपत्र बोर्डबिच सम्झौता

काठमाडौँ । पुँजी बजार विस्तार तथा सुधारका लागि गठित सङ्घर्ष समिति र धितोपत्र बोर्डबिच शुक्रवार सम्झौता भएको छ ।

योसँगै सेयर बजार सुधारको माग राख्दै असार १ गतेदेखि आमरण अनसन बस्नुभएका लगानीकर्ता तिलक कोइरालाले अनशन तोड्नुभएको छ ।

सङ्घर्ष समिति र धितोपत्र बोर्ड बीच आन्दोलनरत पक्षले अघि सारेका १९ बुँदै मागपत्रको कार्यान्वयनको लागि सहमति भएको हो ।

सम्झौता पत्रमा धितोपत्र बोर्डका तर्फबाट अध्यक्ष रमेशकुमार हमाल र समितिका तर्फबाट अनशनकारी तिलक कोइरालाले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता कार्यान्वयनका लागि बोर्ड र सङ्घर्ष समितिका तर्फबाट संयुक्त समिति बनाइएको छ ।

समितिमा बोर्डका तर्फबाट कामु कार्यकारी निर्देशक विनयदेव आचार्य र मुक्तिनाथ श्रेष्ठ तथा सङ्घर्ष समितिका तर्फबाट रोहन कार्की र एसपी चौलागाँई हुनुहुन्छ ।

सेयर लगानीकर्ताले पुँजी बजार सुधारका लागि भन्दै राखेका मागहरू सम्बोधन गर्न मङ्गलवार बेलुका धितोपत्र बोर्डमा पत्रकार सम्मेलन पनि आयोजना गरिएको थियो । तर आफ्ना मागहरू प्रति धितोपत्र बोर्डले तदारुकता नदिएको कारण देखाउँदै सङ्घर्ष समितिले अनसन जारी नै राखेको थियो ।

https://ujyaalonepalnews.com/archives/22003

Previous articleवालिङ नगरपालिकाको बजेट ९१ करोड ८२ लाख
Next articleकिसान समूहलाई निःशुल्क बोयर जातको बोका वितरण 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।