जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको आठौँ नगरसभामा आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजारको आय व्यय सहितको बजेट प्रस्तुत गरिएको छ ।
विनियोजन भएको बजेटमध्ये चालुतर्फ १ अर्ब ७ करोड ४१ लख २७ हजार र पुँजीगततर्फ ७३ करोड ३० लाख १८ हजार रहेको छ । उपप्रमुख किशोरी साहले पेश गर्नुभएको बजेटमा अनुदान शीर्षक अन्तर्गतको बजेटको शिलिङ्ग प्राप्त नभएकाले पछि बजेटमा समावेश गर्ने उल्लेख रहेको छ ।

उपमहानगरपालिकाले आर्थिक विकास समिति मार्फत ४ करोड ५६ लाख, सामाजिक विकास समितिमा ६७ करोड ४२ लाख, पूर्वाधार विकास समितितर्फ ६४ करोड ६५ लाख १४ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापन विकास समितितर्फ ५ करोड र सुशासन तथा संस्थागत विकास समितितर्फ १९ करोड ८० लाख विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षका लागि उपमहानगरपालिकाले १ अर्ब ५३ करोड ८० लाख ६१ हजारको आय व्ययको बजेट ल्याएको थियो ।
नगर सभाको उद्घाटन गर्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सफा,स्वच्छ, सुन्दर र सु–संस्कृत जनकपुरधाम उपमहानगरपालिका बनाउने अठोट व्यक्त गर्नुभयो ।
https://ujyaalonepalnews.com/archives/22013


