तिलाठी कोइलाडी गाउँपालिकाको बजेट ४४ करोड ८२ लाख

सप्तरी । विपन्न नागरिकको स्वास्थ्य सेवामा सरल पहुँच स्थापित गर्नका लागि तिलाठी कोइलाडी गाउँपालिकाले विपन्न नागरिक उपचार कोष स्थापना गर्ने भएको छ ।

तिलाठी कोइलाडी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रममा सो कुरालाई समावेश गरेको हो । गाउँपालिकाको छैटौँ गाउँ सभाको उद्घाटन शुक्रवार सम्पन्न भएको छ ।

तिलाठी कोइलाडी गाउँपालिकाको आव ०७९/०८० को कुल बजेट ४४ करोड ८२ लाख २० हजार ४०० रुपैयाँ रहेको छ । कुल बजेटको चालुतर्फ २५ करोड ८५ लाख ११ हजार ६ सय ५० रुपैयाँ र पुँजीगततर्फ १८ करोड ९७ लाख ८ हजार ७ सय ५० रुपैयाँ रहेको छ ।

तिलाठी कोइलाडी गाउँपालिकाको कुल आन्तरिक आम्दानी ६० लाख रुपैयाँ प्रस्ताव गरिएको गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/22021

Previous articleकाठमाडौँ महानगरपालिकाले ल्यायो आगामी आवका लागि चालुको भन्दा रु सात अर्ब बढीको बजेट
Next articleखैरहनीमा १ अर्ब १ करोडको बजेट; कस्ताकस्ता कार्यक्रम परे? हेर्नुहोस् पूर्ण विवरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।