निराजन घिमिरे, असार १०- चितवनको खैरहनी नगरपालिकाले आर्थिक वर्ष २०७९-८० को लागी नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । शुक्रबार आयोजित एघारौँ नगर सभाले आगामी वर्षका लागि एक अर्ब एक करोड बराबरको बजेट ल्याएको हो । नगर उपप्रमुख कविता उप्रेतीले आगामी वर्षका लागि १ अर्ब १ करोड १२ लाख ५१ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा नगर भित्र बोरिंग तथा कुलो मर्मतको लागी ८५ लाख, खाध्य गोधामघर निर्माणको लागी ८९ लाख, मेयर संग युवा कृषि कार्यक्रमको लागी ३० लाख कृषि औजार वितरणको लागी ३० लाख, खेती प्रविधि तालिमको लागी ३ लाख, विपन्न परिवारको लागी बंगुरको पाठापाठी वितरणको लागी ४ लाख, पशुपंक्षी व्यवसायीलाई व्याजमा अनुदान १३ लाख रकम छुट्याईएको छ ।
त्यसैगरी बजेटमा माछा प्रवर्दन कार्यक्रमलाई २५ लाख, पर्यटन विकासको लागी २० लाख, वडा नं. १२ बुढीराप्ति किनारमा पार्क निर्माणको लागी २५ लाख, स्वयंसेवक शिक्षक व्यवस्थापनको लागी ४६ लाख विद्यालय विकासको लागी ५० लाख, स्यानिटरी प्याद वितरणको लागी १४ लाख, निशुल्क औशदी वितरण गर्न ३८ लाख ५० हजार, विपन्न परिवार मृगौला रोगी र कलेजो रोगीको लागी बिमामा ५०% अनुदान दिन १४ लाख, बा-आमा स्वास्थ्य कार्यक्रमको लागी ७ लाख, खैरहनी १ मा आधारभूत स्वास्थ्य केन्द्र निर्माणको लागी ६५ लाख, बालमैत्री वडा घोषणाको लागी २७ लाख, २१६ घर सुकुम्बासीको लागी घर बनाउन १ करोड ४ लाख, गरिब लक्षित विशेष कार्यक्रमको लागी २९ लाख, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको लागी ५९ लाख रकम विनियोजन गरिएको छ ।
त्यस्तै नगरपालिका गेट देखि चैनपुर चोकसम्म, मंगनी चोकबाट ५००/५०० मिटर उत्तर- दक्षिण र चैनपुर चोकदेखि लदरी पुल सम्म अपांगमैत्री सडक निर्माणको लागी ३ करोड ५० लाख, डिज्नी पार्क नजिक पम्फा पुलदेखि बाबा ग्याँस सम्म खोलाको दुवै साईड दयाक निर्माण गर्न १ करोड ५० लाख, वडा नं. ५ र ७ को वडा कार्यालय निर्माण र अन्य वडाको भवन मर्मतको लागी १ करोड ६० लाख, वडा नं. ३ को कार्यालय देखि भत्किएको पुल सम्म तटबन्धनको लागी २ करोड, खैरहनी थापा मेडिकल देखि मातृभूमि हुँदै मंगनी सम्म बाटो स्तरोन्नतिको लागी ५० लाख, तरकारी चोक देखि सुन्दर खानेपानी सम्म ट्रयाक खोली ग्रावेल गर्न २० लाख ५० हजार, रामकोला दराई सामुदायिक भवन निर्माणको लागी २० लाख, लेकाली टोल बाट खानेपानी जाने बाटो ढलानको लागी २० लाख, अन्नपूर्ण सिंचाई कुलो निर्माण २० लाख, गौचरण जाने बाटो कालोपत्रे २० लाख, च्यात्रा खोला तटबन्धन २० लाख, कृषि संकलन केन्द्र निर्माण २० लाख बजेट विनियोजन गरिएको छ ।
प्रस्तुत बजेटमा आन्तरीक आम्दानी १५ करोड ८ लाख संकलन हुने अनुमान छ । त्यस्तै जिल्ला समन्वय समितिबाट प्राप्त हुने सहयोग ५० लाख,संघीय सरकार सशर्त अनुदान ४ करोड ,संघीय सरकार समानिकरण अनुदान १८ करोड १८ लाख,संघीय सरकारबाट वाँडफाँड भई प्राप्त हुन आउने ११ करोड ५७ लाख,संघीय सरकार समपुरक अनुदान १ करोड २० लाख,संघकै विषेश अनुदान ३ करोड ५८ लाख आउनु अनुमान छ । त्यस्तै प्रदेश सरकार सशर्त अनुदान २ करोड ४२ लाख,प्रदेश सरकार समानिकरण अनुदान १ करोड ७८ लाख,प्रदेश सरकारबाट वाँडफाँड भई आउने सवारी साधन कर ६ करोड ९४ लाख,प्रदेश सरकार विषेश अनुदान ६५ लाख,प्रदेश सरकार समपुरक अनुदान १ करोड ६२ लाख,सडक वोर्ड नेपालबाट प्राप्त हुने अनुदान ५० लाख र भारतीय दुतावासबाट प्राप्त हुने अनुदान ३ करोड ४ लाख वजेटमा समावेश गरिएको नगर उपप्रमुख उप्रेतीले वताइन् ।
नगर सभामा नगर प्रमुख शशिकुमार खनियाले आगामी वर्षका लागि निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कृषि,पशुपालन,उद्योग,पर्यटन,शिक्षा र स्वास्थ्यलाई प्राथमिकता राखेर कार्यक्रम संचालन गरिने नगर प्रमुख खनियाले बताए ।
हेर्नुहोस पूर्णविवरण





https://ujyaalonepalnews.com/archives/22023


