पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड

कास्की । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ ।

उपमेयर मञ्जुदेवी गुरुङले ११ औँ नगरसभामा शुक्रवार बजेट सार्वजनिक गर्नुभएको हो । चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो ।

बजेटमा सङ्घीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, सङ्घीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजार स्रोत व्यवस्था हुने उल्लेख छ । यसो गर्दा २ अर्ब ४० करोड ८१ लाख ८३ हजार कम हुने देखिन्छ । न्यून बजेट चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने रकमबाट बेहोरिने उपमेयर गुरुङले बताउनुभयो ।

यसअघि बजेट प्रस्तुत हुनअगाडि नै रातो किताब प्रकाशन गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगर सभा बहिष्कार गरेका थिए । एमालेका प्रतिनिधि र मेयर-उपमेयरबीचको वार्तापछि नगर सभा बेलुकी ७ बजे पुनः भएको हो ।

https://ujyaalonepalnews.com/archives/22037

Previous articleभीमदत्त नगरपालिकाको बजेट १ अर्ब ८४ करोड
Next articleजुम्ला: तातोपानीको बजेट ५२ करोड ६६ लाख
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।