भीमदत्त नगरपालिकाको बजेट १ अर्ब ८४ करोड

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८४ करोडको बजेट ल्याएको छ। आज सम्पन्न ११ औँ नगरसभामा आर्थिक वर्ष ०७९/८० को नगरको बजेट प्रस्तुत गरिएको हो।

सभाले अधिकांश पुरानै योजनाहरूलाई निरन्तरता दिएको छ। ‘एक वडा एक खेल मैदान’, ‘एक वडा एक उद्यम’, दक्ष महिला समृद्ध परिवार’, उत्कृष्ट व्यावसायिक किसान नगरको सानजस्ता आकर्षक योजनाहरू अघि सारिएका छन्। यीमध्ये केही पुरानै योजना हुन् भने केही नयाँ पनि छन्।

नीति तथा कार्यक्रममा नगर प्रमुख बोगटीले २५३ वटा योजनाहरू प्रस्तुत गरेका हुन्। नगरपालिकाले आन्तरिक राजस्वबाट २३ करोड बढी सङ्कलन गर्ने लक्ष्य राखेको छ।

https://ujyaalonepalnews.com/archives/22034

Previous articleबुटवल उपमहानगरपालिकाले ल्यायो २ अर्ब ३५ करोडको बजेट
Next articleपोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।