धनगढी प्रिमियर लिगको मिति सर्‍यो

धनगढी प्रिमियर लिग क्रिकेटको मिति सरेको छ। आयोजक धनगढी क्रिकेट एकेडेमी डिसीएले मगंलबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय क्रिकेट टोलीको व्यस्त अन्तर्राष्ट्रिय कार्यतालिकाको कारण प्रतियोगिताको मिति सरेको जानकारी गराएको हो।

नयाँ मितिअनुसार प्रतियोगिता अब कात्तिक ८ देखि २२ गतेसम्म हुने एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए।

यसअघि एकेडेमीले फागुन ३ देखि १५ गतेसम्म जानकारी गराएको थियो। खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने छ। ६ सहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहँदै आएको प्रतियोगिताको अघिल्लो संस्करण सीवाईसी अत्तरियाले जितेको थियो।

देशकै सर्वाधिक राशिको प्रतियोगिता समेत रहेको डीपीएलको अघिल्लो विजेता सीवाईसी अत्तरियाले ३० लाख रुपैयाँ हात पारेको थियो।

यसअघिका दुवै संस्करणको उपाधि साबिक धनगढी टिम चौराह हालको (धनगढी स्टार्स)ले जितेको थियो। लिगमा रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स, धनगढी स्टार्स, सीवाईसी अत्तरिया र विराटनगर किंग्स गरि ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।

चार खेलसम्म गोल गर्न नसकेका मेस्सीले एकै खेलमा चार गोल गरे

Previous articleभारतका लागि एस–४०० प्रतिरक्षा प्रणाली निर्माण सुरुः रुसी मन्त्री
Next articleपरिणाम देखिनेगरि काम गर्न मन्त्री जसमायालाई अधिकारकर्मीको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।