काठमाडौँ । बीमा सर्भेयर सङ्घ नेपालले जलविद्युतको विकासका लागि जलविद्युतको शक्ति सेतो सुन विषयमा विज्ञ एवं सरोकारवालासँग छलफल गर्ने भएको छ ।
असार १२ गते आइतबार काठमाडौँमा हुने कार्यक्रममा जलविद्युत सम्बन्धी विविध क्षेत्रका विज्ञहरूबाट अनुभव आदान प्रदान गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा जलविद्युत क्षेत्रसँग सम्बन्धित विकासकर्ता, बैंकर, बीमक, पुनर्बिमक, बीमा नियमनकारी निकाय, विवाद मध्यस्थकर्ता, क्षति मूल्याङ्कनकर्ता, नीति निर्माणकर्ता गरी दुई सय जनाको सहभागिता रहने बीमा सर्भेयर सङ्घले जनाएको छ ।
छलफल कार्यक्रमले जलविद्युत सम्बन्धी ज्ञानमा नविन कोषेढुङ्गा थपिने सङ्घले जनाएको छ ।
https://ujyaalonepalnews.com/archives/22063


