कृषकलाई आत्मनिर्भर बन्न बाख्रा वितरण

सुनसरी । सुनसरीको दुहबी नगरपालिकाले कृषकहरूलाई आत्मनिर्भर बन्न नगरका पशुपालन समूहलाई बाख्रा वितरण गरेको छ ।

दुहबी नगर क्षेत्रका पाँच वटा बाख्रापालन समूहलाई आत्मनिर्भर बन्न बाख्रा वितरण गरिएको दुहबी नगरप्रमुख वेदनारायण गच्छदारले बताए ।

दुहबी नगरका वडा नं. १२ का साल्पा पशुपालन समूह, वडा नं. २ का तुताहा टोल बाख्रापालन समूह, दुहबी वडा नं. ९ को थानटोल महिला बाख्रापालन समूह, दुहबी वडा नं. ७ को भलुवा बाख्रापालन समूह, दुहबी वडा नं. ११ को बरगाछी पशुपालन समूहलाई दश वटाका दरले बाख्रा वितरण गरिएको पशु शाखा प्रमुख शिवहरि अधिकारीले जानकारी दिनुभयो ।

दुहबी नगरका ५ वटा वडाका बाख्रापालन समूहलाई आत्मनिर्भर बनाई उनीहरूको जीवनस्तर माथि उकास्न भन्दै कृषिमा लागेकालाई बाख्रा उपहार दिइएको नगर प्रमुख गच्छदारले बताए ।

समाजमा आर्थिक क्रान्ति ल्याउन र बाख्रा पालनबाट केही आयआर्जन समेत हुने र कार्यमा व्यस्त रहने भएकाले बाख्रा वितरण गरिएको दुहबी नगर उपप्रमुख मेनुका पोखरेल (खतिवडा) ले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/22093

Previous articleमधेश प्रदेशमा कृषि कर्जा प्रवाहमा व्यापक वृद्धि, ५० अर्ब लगानी
Next articleअन्ततः प्राणत्याग गरी काजलकलिले
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।