Home Uncategorized मालपोत कार्यालय टीकापुरमा सेवाग्राहीको चाँप घटेपछि राजश्व सङ्कलन पनि घट्यो

मालपोत कार्यालय टीकापुरमा सेवाग्राहीको चाँप घटेपछि राजश्व सङ्कलन पनि घट्यो

टीकापुर कैलाली।सरकारले कित्ताकाट रोकेपछि मालपोत कार्यालय टीकापुरमा सेवाग्राहीको चाँप घटेको छ । आजभोलि कार्यालयमा नामसारी र रोक्काको काम मात्र हुने गरेकोले सेवाग्राहीको चाँप घटेको मालपोत कार्यालय टीकापुरका अधिकृत सर्वानन्द चपाइले बताउनु भयो ।

सेवाग्राहीको चाँप घट्दा मालपोत कार्यालयबाट सङ्कलन हुने राजश्वमा पनि कमी आएको छ । पहिले कित्ताकाट रोक्काअघि दैनिक २ लाख रुपैयाँ देखि १० लाखसम्म राजश्व सङ्कलन हुने गरेकोमा यतिखेर मुश्किलले एक लाखसम्म मात्र राजश्व सङ्कलन हुने गरेको छ ।

कित्ताकाट रोक्नु भन्दा पहिले दैनिक ४० देखि ५० लिखत पास हुने गरेकोमा अहिले दैनिक १० देखि १५ लिखत मात्र पास हुने गरेका अधिकृत चपाईले जानकारी दिनुभयो । मालपोत कार्यालय टीकापुरमा जेठ मसान्तसम्म २७ करोड, ११ लाख, ३० हजार राजश्व सङ्कलन भएको छ । सरकारले जेठ ३० गतेदेखि जग्गा कित्ताकाट बन्द गरेको थियो ।

https://ujyaalonepalnews.com/archives/22118

Previous articleपाल्पामा छ अर्ब बढीको बजेट सार्वजनिक
Next articleस्थानीय सरकारको प्राथमिकतामा उत्पादन र रोजगारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।