Home Uncategorized कुहिएको चामल बाँडेको आरोपमा कलैयाका मेयर पक्राउ

कुहिएको चामल बाँडेको आरोपमा कलैयाका मेयर पक्राउ

९ वैशाख, काठमाडौं । लकडाउनका कारण समस्यामा परेका विपन्नलाई राहतमा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनलाई कलैयाबाट नियन्त्रणमा लिएको हो । मेयर रायले राहतका नाममा गुणस्तरहीन चामल, दाललगायतका उपभोग्य वस्तु वितरण गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

मेयर रायलाई अहिले जिल्ला प्रहरी कार्यालय, कलैयामा राखिएको छ । एसपी पंगेनीका अनुसार, उनीमाथि लागेको अभियोगबारे सोधपुछ गर्न नियन्त्रणमा लिइएको हो । मेयरमाथि लागेको अभियोगबारे सोधपुछ गर्न नियन्त्रणमा लिएका छौं । अभियोगबारे अनुसन्धान सकेर थप निर्णय लिन्छौं,’ एसपी पंगेनीले भने ।

कलैया उपमहागरपालिकाका वडा नम्बर २२ मटिअरीया, वडा नम्बर ७ र २० मा चैत २८ गते वितरण गरिएको चामल, दाल कुहिएको भेटिएको थियो । राहत लिएकाहरुले फिर्ता गर्दै वितरण गर्नेलाई कारवाही माग गरेका थिए । राहत वितरण कार्यमा संलग्न सातजनालाई यसअघि नै प्रहरीले नियन्त्रणमा लिएको थियो । अनलाइनखबर बाट

उदयपुरमा फेरि ८ जनामा कोरोना संक्रमणको आशंका, थप परीक्षणका लागि धरान पठाइयो

उदयुपरमा फेरि एकैपटक ८ जनामा कोरोना भाइरस अर्थात् काेभिड-१९ संक्रमण भएको शंकास्पद नतिजा देखिएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केका ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालले जनाएको छ ।

कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको तर थप परीक्षणबाट पुष्टि गर्नका लागि ती नमूनाहरू धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । ‘अवस्थ गम्भीर देखियो, केहीको पीसीआर परीक्षण पनि पोजेटिभ देखिएको छ, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले न्यूज २४ लाई बताए, ‘पहिला १२ जनामा एकै पटक देखिँदा पनि यस्तै अवस्था आएको थियो ।’

अवस्था गम्भीर भएकाले प्रभावित क्षेत्रमा सेनालाई सक्रिय बनाएर थपको परीक्षण गरिने तयारी सरकारले गरेको पनि मन्त्रालयका ती अधिकारीले न्यूज २४ लाई बताए । आज थप देखिएका आशंकितमा पुष्टि भए भुल्केको ठूलो क्षेत्रमा परीक्षण गर्नुपर्ने अवस्था आउने पनि नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले बताए ।

यसअघि ५ वैशाख गते पनि उदयपुरको भुल्केमै रहेको एक मस्जिदमा १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । त्यहाँ भारतबाट आएका भारतीयसँगै नेपाली गरी १६ जना बसेकोमा १२ जनामा पोजेटिभ देखिएको थियो । पछि थप एक जनामा काेराेना भेटिएसँगै भुल्केमा मात्र संक्रमित संख्या १३ पुगेकाे थियाे ।

मुख्यमन्त्री पोखरेलद्वारा प्रदेशको विकास र योजना सम्बन्धमा ध्यानाकर्षण

Previous articleयसो को’ल्टेर श,वतिर हेरेको त म चकित भएँ। आँइ, मरेको त मै पो रहेछु। म तीन छक खाएँ, केही मेसो पाइन।
Next article३ दिनमा सय किमि पैदल हिँडेकि १२ वर्षीया बालिकाको घर पुग्न ११ किमि बाकीँ रहदा मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।