नीलकण्ठ गाउँपालिकामा फोहोर उठाउने कम्पनीको ठगी धन्दा

धादिङ- नीलकण्ठ नगरपालिका क्षेत्र भित्रको फोहर मैला ब्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनीले गत चार वर्षदेखि सम्झौता अनुसारको रकम पालिकालाई बुझाएको छैन ।

नगरपालिकाले २०७५ साल बैशाखदेखि प्रतिवर्ष पालिकालाई ७ लाख बुझाउने सर्तमा डिजन जागरक वाताबरण संरक्षण अभियान प्रालि नामक ठेकदार कम्पनीलाई फोहर मैला संकलनको जिम्मा लगाएको थियो ।

कम्पनीले स्थानीयसँग नियमित पैसा लिएपनि नगरपालिकालाई तिर्नुपर्ने रकम भने बाँकी नै रहेको छ  । नगरपालिकालाई हालसम्म सो कम्पनीले २६ लाख ३९ हजार बक्यौता बुझाउन बाँकी रहेको छ ।

यसरी फोहर मैला संकलन तथा ब्यवस्थापनका लागि ढुवानी गर्न अवाश्यक पर्ने सवारीका साधन र जनशक्ति लगायत सवारीका साधन मर्मत खर्चसमेत हालसम्म पालिकाले नै उपलब्ध गराउँदै आएको नगरपालिकाले जानकारी दिएको छ ।

यो कम्पनीले प्रत्येक आर्थिक वर्षमा फोहर मैला संकलन र ब्यवस्थापनका लागि रकम संकलनको जिम्मा लिए वापत सर्त अनुसारको रकम पालिकालाई अग्रिम भुक्तानी गर्नु पर्ने व्यवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले बताउनु भएको छ ।

जनप्रतिनिकै मिलेमतोमा बुझाउनु पर्ने बक्यौता रकम पनि नबुझाएको ठेक्का सम्झौता पनि तोड्न नसकिएको उहाँको भनाइ छ ।

प्रत्येक नयाँ आर्थिक वार्षका लागि ठेकेदार कम्पनी र नगरपालिकाबीच तोकिएको दर रेटमा सम्झौता गर्नुपर्ने भएपनि हालसम्म त्यस्ता कुनै पनि कागजाद नभएको पालिकाले जानकारी दिएको छ ।

यसरी ठेक्क सम्झौता अनुसारको रकम हरेक वर्ष अग्रिम नवुझाएमा स्वत: ठेक्का रद्द हुने र सो कम्पनीले नगरवासीहरुसँग समेत रकम असुल्न नपाउने कानुनी मान्यता रहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ ।

नगरपालिकालाई वुझाउनु पर्ने रकम नबुझाएको तर नगरवासीसँग भने तोकिएको दर रेट भन्दा धेरै रकम उठाउँदै आएको समेत स्थानीयले गुनासो गरेका छन ।

बुझाउनु पर्ने बक्यौता रकम सात दिन भित्र बुझाउन नीलकण्ठ नगरपालिकाको कार्यालयले पत्राचार गर्दा समेत कम्पनीले चासो दिएको छैन ।।

https://ujyaalonepalnews.com/archives/22294

Previous articleसक्रिय पहलपछि प्राप्त भयो ‘महाकालीको पानी’
Next articleचालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी, पुँजीगत खर्च ४० प्रतिशत मात्रै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।