Home Uncategorized उद्घाटनमा नेपालले ओमनसँग खेल्ने

उद्घाटनमा नेपालले ओमनसँग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आइसिसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगिताको उद्घाटन गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि (बुधबार) देखि शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि ओमन र अमेरिका नेपाल आइसकेका छन्। नेपालले आफ्नो उद्घाटन खेलमा ओमनलाई पराजित गर्दै जीत निकाल्ने लक्ष्यसहित मैदानम उत्रनेछ।

यही माघ २९ गतेसम्म चल्ने खेलमा नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा कूल ६ खेल हुनेछन्। हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन्। नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ।

त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ खेल्नेछ। त्यस्तै लिग दुईमा नेपालसहित स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका छन्। नेपालबाहेक अन्य राष्ट्रहरुले आफ्नो पहिलो खेल खेलिसकेका छन्।

अहिलेसम्म अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ। आठ खेल खेलेको अमेरिकाले ६ खेलमा जीत निकाल्दै १२ अंक हात पारेको छ। त्यस्तै स्कटल्यान्डले नौ अंक जोड्दै दोस्रो स्थानमा छ भने आठ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ । समान आठ अंक नै जोडेको ओमन अंक तालिकाको चौथो स्थानमा छ भने सात अंक रहेको युएई पाँचाै र अंकविहीन रहेको पपुवा न्युगिनी छैटाैं स्थानमा छ। नेपालले भने पहिलो खेल खेल्न लागेको हो।

एशियन टूर प्याराग्लाइडिङमा २० देशका ९० पाइलट

Previous articleभारतमा तरकारी पकाउने ठूलो भाडामा खस्दा एक बालिकको गयो ज्यान
Next articleअर्काे चुनावमा दुई तिहाइ ल्याउन कसैले रोक्न सक्दैन : प्रधानमन्त्री
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।