भारतमा तरकारी पकाउने ठूलो भाडामा खस्दा एक बालिकको गयो ज्यान

उत्तर प्रदेशको मिर्जापुर जिल्लामा गत सोमबार यस घटना भएको एएनआईले जनाएको छ।

विद्यालयका बालबालिकाका लागि एक महिलाले खाना पकाइरहेकी थिइन्। तरकारी पनि उनैले पकाइरहेकी थिइन्।

कानमा हेडफोन लगाएर काम गरिरहेकी ती महिलाले बालिका तरकारीको भाडामा खसेको थाहा नपाएको बताएकी छिन्।

बहिनी तरकारीको भाडामा खस्दा उनका दाई त्यही थिए। उनले गुहार मागेपछि बालिकालाई भाडोबाट निकालिएको थियो।

तातो भाडोमा रहेको तरकारीले पोलेर बालिकाको ज्यान गएको बताइएको छ। हाल खानेकुरा पकाउने जिम्मा पाएकी महिलामाथि अनुसन्धान भइरहेको छ।

नागढुङ्गाबाट खैरो हेरोइनसहित एक युवती प्रहरी नियन्त्रणमा

Previous articleभरतपुर गोल्डकप आगामी फागुन २४ गतेदेखि सुरु हुने
Next articleउद्घाटनमा नेपालले ओमनसँग खेल्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।