चितवन, असार २० । पूर्वी चितवनको खैरहनी नगरपालिका- ५ मा रहेको ढुङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
ढुङ्ग्रे खोला बछौंलीको बाधमा पौडी खेल्ने क्रममा डुबेर हेटौंडा कमाने घर भएका ३२ वर्षिय सुरज बस्नेतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।
खैरहनी नगरपालिका- ५ बुडौलीमा रहेको भिनाजु भेषप्रसाद पौडेलको घर आएका बस्नेत बिहान ११ बजे पौडी खेल्ने क्रममा डुबेका थिए ।
उनको शव मुचुल्का उठाएर पोष्टमाटमका लागि भरतपुर अस्पताल लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
https://ujyaalonepalnews.com/archives/22447


