Home Uncategorized राष्ट्रिय सभामा सांसदहरुको ध्यानाकर्षण– विद्यार्थीले पुस्तक अझै पाएनन्

राष्ट्रिय सभामा सांसदहरुको ध्यानाकर्षण– विद्यार्थीले पुस्तक अझै पाएनन्

काठमाडौं– राष्ट्रियसभाले “कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन सर्वसम्मतिले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले “कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सभाले सर्वसम्मतिले स्वीकृत गरिएको हो ।

विशेष समय

राष्ट्रियसभाका सांसदहरुले विद्यालय सुरु भएको लामो समयसम्म पनि विद्यार्थीले पुस्तक पाउन नसकेका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको बैठकको विशेष समयमा सांसद डा विमला राई पौड्यालले न्यायालय, आयोगलगायत राज्यका संरचना पछिल्लो समयमा कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “ संसद्ले नागरिकता र कर्मचारीलगायतका ऐन ल्याउन सकेको छैन, सांसदको हैसियतले मलाई चिन्ता छ ।”

सांसद बीना पोखरेलले बाढी र पहिराका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति भएको भन्दै प्रभावित पक्षलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

सांसद तुलसाकुमारी दाहालले स्वास्थ्य बीमा कार्यान्वयन भए÷नभएकाबारे सरकारले अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालय सुरु भएको लामो समयसम्म पनि विद्यार्थीले पुस्तक पाउन नसकेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद नारायणदत्त मिश्रले किसानले मल अभावबारे भोग्दै आएको समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही असार २३ गते बिहीबार ११ बजे बस्नेछ ।

https://ujyaalonepalnews.com/archives/22466

Previous articleबैङ्कमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?
Next articleसंसदीय समिति बनाउन अध्यक्ष ओलीको माग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।