संसदीय समिति बनाउन अध्यक्ष ओलीको माग

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माण प्रक्रियामा अर्थ मन्त्रालयमा भएको सिसीटिभी फुटेज उपलब्ध नभएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले सो प्रकरणबारे सरकारले छानबिन गराउन सक्नुपर्ने र यसमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र, परराष्ट्र सम्बन्धलगायतका सवालमा सरकारका कार्य उचित नभएको दावी गर्नुभयो । अध्यक्ष ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कहिले के के भएको हो ? सोबारेमा पनि स्पष्ट पार्न माग गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/22467

Previous articleराष्ट्रिय सभामा सांसदहरुको ध्यानाकर्षण– विद्यार्थीले पुस्तक अझै पाएनन्
Next articleनेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो       
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।