नेपाल–भारत सीमानाका बन्द

बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज साँझसम्मका लागि बन्द गरिएको छ ।

झुलाघाटस्थित झोलुङ्गे पुल मर्मतको काम सञ्चालन हुने भएकाले मङ्गलवार साँझ ६ बजेदेखि आज साँझ ७ बजेसम्मका लागि नाका बन्द गरिएको हो । महाकाली नदीमाथिको उक्त पुलको भारततर्फको भाग मर्मत गर्नुपर्ने भएकाले आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

यसैबीच दुवै देशका सुरक्षा निकायले मङ्गलवार पुलको अवलोकन तथा निरीक्षण गरेका छन् । वर्षौँ पुरानो झोलुङ्गे पुल बेला–बेला मर्मत गरिँदै आएको छ । झुलाघाटमा मोटरेबल पुलको आवश्यकता भए पनि अहिलेसम्म त्यसतर्फ सरकारको ध्यान जान सकेको छैन । पक्की पुलको माग गर्दै बैतडीवासीले बेला बेलामा आन्दोलन समेत गर्दैआएका छन् ।

https://ujyaalonepalnews.com/archives/22528

Previous articleआलुको बोरामा ८३ लाख रुपैयाँ, दुईजना पक्राउ
Next articleशेयर निष्काशन ६ महिनापछि गर्न सुझाव
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।