Home Uncategorized चार सय वर्ष पुरानो झुलाघाट पुलको लक भाँचिदा आवागमन बन्द

चार सय वर्ष पुरानो झुलाघाट पुलको लक भाँचिदा आवागमन बन्द

बैतडी- करिब चार सय वर्ष पुरानो नेपाल-भारत सीमा नाका बैतडीको झुलाघाटस्थित झोलुङ्गे पुलको यात्रा जोखिमपुर्ण बनेको छ ।

दैनिक सयौं मानिसहरुको आवतजावत हुने पुल जीर्ण बन्दा यात्रा जोखिमपुर्ण बनेको हो । भारततर्फको पुलको लक भाँचिएपछि आवागमन बन्द गरिएको छ ।

काठको लक भाँचिएपछि यात्रा जोखिमपुर्ण भएकाले आवतजावत बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले जानकारी दिनुभयो ।

ब्रिटिश सरकारको पालामा बनेको पुल १८३० बाट संञ्चालनमा आएको थियो । पुरानो काठको पुल भारतीय पक्षले बेला-बेला काम चलाउका लागि मर्मत गरिएपनि पूर्णरुपले मर्मत हुन सकेको छैन ।-

नरी बडु

https://ujyaalonepalnews.com/archives/22532

Previous articleशेयर निष्काशन ६ महिनापछि गर्न सुझाव
Next articleबेँसीसहर–चामे सडक एक साता बन्द हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।