इलाम। इलाममा जारी छैटौं माईभ्याली गोल्डकपको उपाधिका लागि आज शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता काठमाडौंको मछिन्द्र क्लब र आयोजक माईभ्याली फुटबल क्लबबीच प्रतिष्पर्धा हुँदै छ । माईभ्याली गोल्डकपमा पहिलोपटक सहभागी भएको मछिन्द्र क्लबले सेमिफाइनलमा भारतको माने भञ्ज्याङ फुटबल क्लबलाई पराजित गर्दै फाइनल स्थान बनाएको हो । आयोजक माईभ्यालीले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै अन्तिम दुईमा प्रवेश गरेको हो ।
‘ए’ डिभिजन लिग विजेता मछिन्द्रलाई पराजित गर्दै उपाधि कब्जा गरेर इतिहास बनाउन आयोजक माईभ्याली खेल मैदानमा उत्रँदै छ । पहिलोपटक फाइनलमा स्थान बनाएर इतिहास बनाउने रणनीतिमा माईभ्याली छ । माईभ्यालीले विभिन्न ‘ए’ डिभिजन क्लबका खेलाडीलाई संकलन गरेर बलियो टिम बनाएकाले पनि यसपटक उपाधि जित्ने विश्वास लिएको हो ।
फ्रेन्डस् क्लबबाट व्यावसायिक खेल खेल्ने गोलरक्षक देव लिम्बु, जावलाखेबाट खेल्ने विशाल तामाङ, ब्रिगेड ब्वाइजका शिशिर लेखीले आयोजक टिमबाट मछिन्द्रलाई चुनौती दिनेछन् । घरेलु मैदान र दर्शकको साथमा माईभ्यालीले ‘ए’ डिभिजन लिग विजेता हराउने लक्ष्य लिएको छ । ‘ए’ डिभिजन लिगमा उदियमान खेलाडी घोषित भएका मिड फिल्डर दर्शन गुरुङ र रक्षापंक्तिका छिरिङ गुरुङ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेकाले आयोजक टिममा उनीहरूको अभाव खड्किन सक्छ । माईभ्यालीका लागि विदेशी खेलाडी एन्ड्री थेरी अर्काे बलियो पक्ष हो ।
माईभ्यालीका प्रशिक्षक दर्शन भक्तराजले आफ्नो टिमलाई प्रतियोगिता जित्नै पर्ने कुनै दबाब छैन उनले भने ‘पहिलोपटक फाइनलमा पुगेकाले आयोजकको टिम उत्साहित छ । त्यो नै हाम्रा लागि खुसी हो ।’ फाइनलमा माईभ्यालीले केही नयाँ खेलाडी उतार्ने बताएको छ ।
मछिन्द्र भने सिजनमा ह्याट्रिक गर्ने दाउमा छ । ‘ए’ डिभिजन लिग, झापाको सताक्षी गोल्डकप विजेता मछिन्द्रलाई माईभ्याली जित्नै पर्ने दबाब भने स्टार खेलाडीले भरिएकोे सेट टिममा मछिन्द्र पाइनलमा उत्रने छ ।
तीन जना विदेशी खेलाडीसहित उपाधि हत्याउन मछिन्द्रलाई केही सहज भने हुनसक्छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण चलिरहे पनि राष्ट्रिय टोलीमा परेका खेलाडी प्रतियोगितामा खेलिरहेकाले मछिन्द्रलाई जितका लागि केही सहज छ । मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाले उपाधि जित्ने दाबी गर्छन् । ‘हामी प्रतिष्पर्धीको खेल हेरेर मैदानमा नै रणनीति बनाउँछौं’, उनले भने, ‘हाम्रो सेट टिम भएकाले उपाधि जित्छांै भन्ने छ ।’ उनले आयोजक टिम कमजोर नभएको र ‘खेलेरै फाइनल पुगेको टिम हो’ । ‘प्रत्येक खेलमा फरकफरक खेलाडी खेलेका छन्, हाम्रो सेट टिम भएकाले सहज छ । हार्ड ग्राउन्ड भएकाले बल स्पिड हुने भएकाले बल कन्ट्रोलमा भने केही चुनौती रहेको कटुवालले बताए ।
छैटौं संस्करणमो माईभ्याली विजेताले ८ लाख रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले ५ लाख रुपैयाँमा चित्त बुझाउनुपर्ने छ । माईभ्यालीको पहिलो संस्करणमा त्रिभुवन आर्मीले बाजी मारेको थियो । आर्मीले सडन डेथमा थ्रीस्टारविरुद्ध जित निकालेको थियो । दोस्रो र तेस्रो लगातार दुई संस्करण झापा ११ ले जितेको थियो । दोस्रोमा एपीएफ र तेस्रोमा आर्मीलाई झापाले पराजित गरेको थियो । चौथो संस्करणमा थ्रीस्टारले मनाङलाई पराजित गर्दै उपाधि कब्जा गरेको थियो भने पाँचौं संस्करणमा हिमालयन शेर्पाविरुद्ध विदेशी क्लब दाउफिन्सले जित हासिल गरेको थियो ।
The post छैटौं माईभ्याली उपाधि होडमा आयोजक र मछिन्द्र appeared first on Rajdhani Daily News.
साउदीको पेट्रोलपम्पमा ट्रक छोडेर कता बेपत्ता भए सुरत बहादुर, खोजीको लागी शेयर गरौँ


