रुम्जाटारको रोपाइँ !

ओखलढुंगा- कुनै चित्रकारले चित्र कोरे झैँ लाग्ने चिटक्क मिलेका खेतका गह्राहरु । त्यसमाथि हेरिरहुँ लाग्ने धान रोपाइँको दृष्य ।

कतै रोपाइँ सकिएको छ त कतै रोपाइँ भइरहेको छ । किसान रोपाइँमै व्यस्त छन् ।

तलका यी दृष्य हुन् ओखलढुंगाको रुम्जाटारस्थित चिप्लेटारी खेतको ।

केही दिन अघि त्यहाँ पुग्दा किसान हिलोमा रमाइरहेका थिए ।

हली बाउसे र रोपाहार किसान अर्मपर्म गर्दै मेलो पन्छाउँदै थिए ।

खेतमाथि रहेको बरपिपलको चौतारामा बसेर रोपाइँको रमिता हेर्दै थिए बाख्रा गोठालाहरु ।

मानो रोपेर मुरी उब्जाउने महिनाका रुपमा लिइन्छ- असार महिनालाई । त्यसैले त रोपाइँको रौनकले तताएको छ रुम्जाटारका किसानहरुलाई । यी दृश्यहरु हाम्रा ओखलढुंगा संवाददाता नवराज कार्कीले क्यामेरामा कैद गर्नुभएको हो –

 

https://ujyaalonepalnews.com/archives/22546

Previous articleमाओवादी बैठक स्थगित
Next articleकोभिडले जुराएको सफलता, विदेशबाट फर्केपछि बाख्रापालनमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।