Home Uncategorized दार्चुलामा तुइनबाट खसेर एक जना किशोर बेपत्ता

दार्चुलामा तुइनबाट खसेर एक जना किशोर बेपत्ता

दार्चुला- दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक किशोर बेपत्ता भएका छन् ।

व्याँस गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट महाकाली नदीमा खसेर १७ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन् ।

भारत गर्वाधार बजारबाट समान लिएर घर फर्कने क्रममा दुम्लिङका १७ वर्षीय बुढाथोकी तुइन चुडिँदा महाकाली नदिमा बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता बुढाथोकीको खोजी कार्य भइरहेको छ ।।

https://ujyaalonepalnews.com/archives/22565

Previous articleबजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता बारे छानबिन गर्न संसदीय समिति गठन
Next article‘नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यअनुरूप सरकारले काम गरिरहेको छ’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।