चट्याङ पर्दा चितवनमा धान रोप्दै गरेका १४ महिला घाईते

उज्यालो नेपाल,असार २२- चितवनको कालिकामा चट्याङ लागेर १४ जना घाइते भएका छन् । आज (बुधवार) साँझ ६ बजे कालिका नगरपालिका ८ मझुवा स्थित कमला विकको खेतमा रोपाइँ गरिरहेको १४ जना चट्याङ लागेर घाइते भएका हुन् ।

धान रोप्दारोप्दै ठूलो हुरीबतास र पानी परेपछि उनिहरु स्थानिय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा आएको चट्याङले उनिहरुलाई घाइते बनाएको थियो । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घाईते हुनेमा सोही ठाउँ बस्ने वर्ष २१ की रोजिना श्रेष्ठ, वर्ष २० की रोशी श्रेष्ठ, वर्ष ३८ कि दिलकुमारी अधिकारी, वर्ष २५ कि सुस्मिता श्रेष्ठ, वर्ष २१ कि राधिका मिजार,  वर्ष १८ सिमा सुनार,  वर्ष २३ कि कमला वि.क., वर्ष २५ कि संगिता सुनार, वर्ष ३० कि अनिता तामाङ, वर्ष ४३ कि अनु श्रेष्ठ, वर्ष ३५ कि कमला कामी, वर्ष २० कि लक्ष्मी मिजार, वर्ष ४५ कि चिनामांया सुनार,  वर्ष १८ कि देवी बि.क. छन् । (तस्वीर सांकेतिक रुपमा प्रयोग गरिएको )

 

https://ujyaalonepalnews.com/archives/22575

Previous articleयुएईका ठुला लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न मन्त्री कुँवरको आग्रह
Next articleगुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा एकजनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।